site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका व्यक्तिगत सुरक्षा गार्ड पक्राउ

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई व्यक्तिगत सुरक्षा गार्ड पक्राउ परेका छन् । सोमबार बिहान काठमाडौं महानगरपालिका–११ रामशाह पथस्थित अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो । 

प्रसाईंको मुद्दा सुनुवाइका क्रममा अदालतमा प्रवेश गर्न खोज्ने क्रममा प्रहरीले पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा दिपक खड्का र राजकुमार धिताल छन् । उनीहरूको साथबाट हतियार एक थान, म्याग्जिन साना–ठूलोे दुई–दुई थान, म्याक्जिन होल्डर एक थान, गोली १०० राउन्ड बरामद गरिएको छ । उनीहरूलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro