site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फेरि मन्त्री बन्दै मनाङे
फाइल तस्बिर ।

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यसबारे प्रदेश प्रमुखको कार्यालयलाई मौखिक जानकारी समेत गराइएको छ । तर, कुन मन्त्रालयमा कसलाई मन्त्री बनाउने भन्नेबारेमा जानकारी दिइएको छैन ।

स्रोतका अनुसार, निर्विरोध निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्दै छन् । प्रदेशसभा निर्वाचनमा स्वतन्त्र रूपमा विजयी भएका मनाङे पछि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । तर, यही साता उनले एकीकृत समाजवादी त्यागेको जानकारी गराउँदै आफ्नो भूमिका स्वतन्त्र कायम गरिदिन भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।

Dabur Nepal
NIC Asia

केन्द्रमा गठबन्धन फेरिएसँगै मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूलाई निकालिसकेका छन् । मनाङेलाइै आफ्नै पक्षमा राखिराख्न पाण्डेले मन्त्री बनाउने तयारी गरेका हुन् ।

मनाङेनिकट नेपाली कांग्रेसका सांसदहरूका अनुसार पनि उनी मन्त्री बन्न तयार भएका हुन् । मनाङेले अन्तिम अवस्थामा पाण्डे सरकारलाई साथ दिने बताउँदै आएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro