site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्