काठमाडौं । युरोपेली आयोगले युरोपेली रक्षा उद्योगका निम्ति समर्थनका रूपमा गोलाबारुदको उत्पादन बढाउन ५०० मिलियन युरो (लगभग ५४४ मिलियन अमेरिकी डलर) विनियोजन गरेको घोषणा गरेको छ ।
युरोपेली उद्योगलाई गोलाबारुदको उत्पादन र तयारी बढाउन सहयोग गर्न आयोगले पाँच क्षेत्रमा ३१ परियोजना छानेको छ । जसमा विस्फोटक, पाउडर, गोला, मिसाइल र परीक्षण र पुनः कन्डिसनिङ प्रमाणीकरण रहेको छ ।
आयोगले साझा खरिद र युरोपेली रक्षा कोषको चौथो वार्षिक कार्यक्रममार्फत युरोपेली रक्षा उद्योगलाई सुदृढ गर्न उपकरणका निम्ति कार्यक्रम सुरु गरेको हो । यी कार्यक्रम युरोपेली रक्षा प्राविधिक र औद्योगिक आधारलाई सुदृढ पार्ने उद्देश्यले लगभग दुई बिलियन युरोको कुल बजेट छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल