site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्माण सामग्री ढुंगा, गिट्टी र बालुवा मात्र हैन : सांसद मनीष झा
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले निर्माण सामग्री भनेर ढुंगा, गिट्टी र बालुवा मात्र राखिएकामा आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयकमाथिको छलफलका क्रममा उनले छड, इँटा, माटोलगायत निर्माण सामग्रीलाई त्यसमा समावेश नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।

“निर्माण सामग्री नियमन गर्न बनाइएको विधेयकमाथि छलफल गर्दै गर्दा यो विधेयक ढुंगा, गिट्टीको लागि मात्र बनाइएको जस्तो देखिन्छ । अन्य निर्माण सामग्रीको चर्चा यो ३० पेजमा कतै पनि देखिँदैन,” उनले भने, “निर्माण सामग्री भन्ने हो भने त त्यसमा इँटा, माटो धेरै कुरा हुन्छ होला नि । तर, यसमा चाहिँ ढुंगा, गिट्टी र बालुवाको मात्र कुरा गरेको पाइन्छ ।”

अर्थतन्त्रको आधारका रूपमा लिएको प्राकृतिक स्रोत जथाभावी मास्न नहुने झाले बताए । प्रकृतिक वस्तुलाई निर्माण सामग्रीका रूपमा बेच्दा समस्या आउन सक्ने उनले उल्लेख गरे ।

“पेन्डमिकको समयमा अर्थतन्त्र कता जाला भन्दै गर्दा मलाई एउटा गुरुले भनेको याद आउँछ– चिन्ता नगर, जबसम्म सूर्य, पानी र प्रकृति रहन्छ, अर्थतन्त्र मर्दैन । तर, हामीले अरू अर्थतन्त्र बचाउनको लागि अर्थतन्त्रको आधारलाई मारिहेका छौँ कि भन्ने हामीले सोच्नुपर्छ,” उनले भने, “निर्माण निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन)मा मेरो अर्काे पनि अनुरोध– चुरेलगायत विभिन्न क्षेत्रमा, त्यसको केही एरिया, त्यसको केही आसपासमा त्यहाँबाट उत्खनन गर्न पाइँदैन भनेरचाहिँ तोकेको छ, तर त्यसको कति एरिया भनेर तोकिएको छैन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro