site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गण्डकीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना, सक्रिय हुन थाल्यो स्थानीय वायु
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो ।

पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायूको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको हो ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।

Dabur Nepal
NIC Asia

विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

लुम्बिनी प्रदेशको थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ । काठमाडौंमा आज मौसम सफा रहने मौसमविद् गोविन्द झा बताउँछन् । “काठमाडौंको मौसम आज सफा रहनेछ । केही बादल देखिए पनि घाम लाग्नेछ,” उनले भने ।

गण्डकी प्रदेशमा केही स्थानमा भने वर्षाको सम्भावना रहेको झाले बताए । “गण्डकीका केही स्थानमा आज वर्षाको सम्भावना छ । तर पोखराको सिटी एरियामा भने आज वर्षाको सम्भावना छैन,” मौसमविद् झाले बाह्रखरीसँग भने ।

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने विभागको भनाइ छ । त्यसैले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

स्थानीय वायु सक्रिय हुन थालेकाले हावाहुरीको समेत सम्भावना रहेकाले यसबाट बच्न सतर्क रहन पनि विभागको आग्रह छ । प्रि–मनसुन सुरु भएसँगै स्थानीय वायु सक्रिय हुँदा हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने हुन्छ । प्रि–मनसुन सक्रिय भएकाले हावाहुरी चल्न पनि सुरु भएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro