site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'आरोप लागेको भरमा रवि लामिछानेमाथि प्रश्न उठाउने नैतिकता कसैको छैन'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले वर्तमान सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्ने दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले वर्तमान सरकार देश र जनताको हितमा काम गरेसम्म टिक्ने बताए ।

उनले सरकार संविधानले व्यवस्था गरेअनुरूपको जनताको अधिकार सुनिश्चित गर्ने बाटोमा रहेसम्म रहिरहने उनको भनाइ छ । उनले वर्तमान राजनीतिक व्यवस्था, समावेशिता तथा कानुन निर्माणको सम्बन्धमा प्रश्न उठेपछि नयाँ सरकार बनाउन रास्वपाले पहलकदमी लिएको बताए ।

"राजनीतिक स्थायित्व कायम होस् भन्ने हाम्रो चाहना हो । त्यसका लागि हामीले हिजो सरकारमा नगएर पनि समर्थन दिएकै थियौँ । तर, अहिले यो व्यवस्था माथिका जुन किसिमका बहसहरू भए, समावेशितामाथि जुन किसिमका प्रश्नहरू भए, सरकार बनाउने, काम केही नगर्ने, कानुन नबनाउने, नीति, नियम नबनाउने यो भएको भएर अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि चुप लागेर बस्नुहुँदैन भनेर हामीले एउटा पहलकदमी लिएका हौँ । यो सरकार देश र जनताको हितमा काम गरुन्जेलसम्म टिक्छ," उनले भने ।

उनले गृहमन्त्री रवि लामिछानेमाथि आरोप लागेको भरमा प्रश्न उठाउने नैतिकता कसैको नभएको पनि बताए । गृहमन्त्री लामिछानेलाई प्रश्न गर्नेहरूले नै प्रधानमन्त्री पदको अफर गरेको भन्दै उनले प्रश्नको कुनै गाम्भीर्यता नभएको दाबी गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro