site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले उथलपुथल गर्छु भन्नुहुन्थ्यो, सहकारी ठगलाई गृहमन्त्री बनाएर ल्याउनुभएछ : कांग्रेस 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री बनेका रवि लामिछाने सहकारी ठग भएको भन्दै आरोप लगाएको छ । बुधबारको प्रतिनिधिसभाको बैठकको सुरुआतमा बोल्दै सचेतक सुशिला थिङले सहकारी प्रकरणमा मुछिएको जान्दाजान्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापतिलाई मन्त्री बनाएको आरोप लगाइन् । 

उनले प्रधानमन्त्रीले गर्छु भनेको उथलपुथल यही हो भन्दै प्रश्न गरिन् । “उथलपुथल गरेर राम्रो कुरा ल्याउनुभएछ । सहकारी ठगीमा जोडिएका र अनुसन्धानमा रहेकालाई गृहमन्त्री बनाएर ल्याउनुभएछ,” उनले भनिन् । 

उनले आफैँले अनुसन्धान गरिरहेको मुद्दामा गृहमन्त्रीलाई प्रहरीले कसरी सलुट गर्छ र अनुसन्धान कसरी अघि बढ्छ भन्दै प्रश्न गरिन् । “आफने मुद्दामा आफैँलाई दोषी ठहर गर भन्दै अनुसन्धान होला कि नहोला ?,” उनको प्रश्न थियो । 

साथै उनले पूर्वउपपराष्ट्रपति नन्दबहादुर पुनसहित सचिवालय सुन कान्डमा जोडिएको अनुसन्धान कसरी अघि बढ्छ भन्दै प्रश्न गरिन् । यस्ता विषयमा प्रस्ट नभए सदन सहजै सञ्चालन हुन कांग्रेसले नदिने उनले चेतावनी दिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro