site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बार्सिलोना चार वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा 

काठमाडौं । नापोलीविरुद्ध दोस्रो लेगमा ३–१ को सहज जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना चार वर्षपछि यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा इटालियन क्लब नापोलीलाई ३–१ ले पराजित गरेको बार्सिलोनाले समग्रमा ४–२ को जित निकाल्दै अन्तिम–८ मा स्थान बनाएको हो ।

Dabur Nepal
NIC Asia

बार्सिलोना चार वर्षपछि क्वार्टरफाइलनमा प्रवेश गरेको हो । यसअघि बार्सिलोनाले पछिल्लो पटक सन् २०२० को सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रतिस्पर्धा गरेको थियो ।

घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन फेर्मिन लोपेज, जाओ कान्सेलो र रोबर्ट लेवान्डोवस्कीले गोल गरे । नापोलीका अमिर रहमानीले एक गोल फर्काएका थिए ।

घरेलु मैदानमा दुई मिनेटभित्र दुई गोल गरेपछि बार्सिलोनाले खेल नियन्त्रणमा राखेको थियो । १५औँ मिनेटमा फेर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए ।

त्यसको दुई मिनेटपछि नै जोआओ कन्सेलोले गोल गरे । ३०औँ मिनेटमा नापोलीका अमिर रहमानीले गोल गरे पनि पाहुना टिम खेलमा फर्कन सकेन । यस्तै, ८३औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro