site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश सरकार जोगाउन कांग्रेसको रणनीतिक छलफल
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकार जोगाउन कसरत गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा मंगलबार बसेको सांसद रहेका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलको नेताको बैठकले जोगिन सक्ने प्रदेशमा सरकार जोगाउने निर्णय गरेको हो । 

बैठकमा वाग्मती, कर्णाली र सुदूरपश्चिम सरकार कसरी बचाउन सकिन्छ भनेर छलफल भएको थियो । मिहिनेत गर्न सके र रणनीतिक रूपमा लाग्न सके सरकार बचाउन सकिने निष्कर्षमा पार्टी पुगेको छ । बैठकपश्चात् सहमहामन्त्री जीवन परियारले दिएको जानकारीअनुसार प्रदेशमा सम्भावना जीवित रहेका प्रदेशमा सरकार जोगाउन कांग्रेसले पहल गर्ने निर्णय भएको जानकारी दिए ।

यसका जिम्मेवारी प्रदेशलाई नै दिने र आवश्यक परेको अवस्थामा केन्द्रले समन्वय गर्ने छलफल भएको छ । “असम्भव ठाउँमा त हैन । तर, सम्भावना बाँकी रहेका प्रदेशमा सरकार कसरी जोगाउन सकिन्छ भनेर छलफल भएको छ,” उनले भने । बैठकमा सहभागी पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले पनि प्रदेशमा पार्टी र संसदीय दलको अंकगणितको रिपोर्ट लिने काम भएको बताए । 

सम्भव भएका प्रदेशमा सरकारलाई कसरी निरन्तर बनाउन सकिन्छ भनेर रणनीतिक छलफल भएको उनले बताए । साथै बैठकले सदनमा कसरी सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल गरेको उनले बताए । “प्रतिपक्षमा रहेका दलहरूलाई एक ठाउँमा लिएर कसरी सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भयो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro