site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतका नीतीश कुमारसँग प्रधानमन्त्री प्रचण्डको तुलना

काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतको बिहारका मुख्यमन्त्री नीतीश कुमारसँग तुलना गरेका छन् ।

मंगलबार राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा आफ्ना पक्षका उमेदवारको प्रस्ताव प्रस्तुत गर्दै ढुंगानाले प्रधानमन्त्रीका कारण राजनीतिक अस्थिरता अनन्तसम्म जाने चिन्ता व्यक्त गरे । उनले बिहारका मुख्यमन्त्रीको नाम नै ‘पल्टुराम’ राखिएको भन्दै यहाँ प्रधानमन्त्रीले सगर्व उथलपुथल गर्छु भनेको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

“हाम्रो छिमेकी राष्ट्र भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले नौपटक गठबन्धन अदलबदल गरेछन् । त्यसैले उनलाई त्यहाँ पल्टुराम भनिँदो रहेछ,” ढुंगानाले भने, “यहाँ प्रधानमन्त्री सगर्व म बाचुन्जेल अदलबदल गर्छु भन्दै हुनुहुन्छ ।”

उनले एकपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म लिनु नपर्ने व्यवस्था गरिएपछि प्रधानमन्त्री प्रचण्डजस्ता व्यक्तिका कारण अस्थिरता निम्तिएको बताए ।

संसद् विघटन गरिँदा संविधान रक्षाका निम्ति एक भएकाहरूले यसको सबलीकरणमा काम गर्न नसकेको उनले टिप्पणी गरे ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro