site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार काठमाडौंमा सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो । त्यसैगरी प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्श गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।

राप्रपाले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचन र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने पनि निर्णय गरेको छ । दुईवटै स्थानमा हुने उपनिर्वाचनको उमेदवार छनौटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उमेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको अध्यक्ष लिङ्देनले बताए ।

त्यसैगरी बैठकले आगामी चैत्र १६ गते हुने भनिएको काठमाडौं केन्द्रित जनप्रदर्शन एसईई परीक्षाको कारण देखाउँदै चैत्र २७ गतेलाई सारेको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro