site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय दलको बैठकबाटै प्रधानमन्त्रीलाई माधव नेपालको फोन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसदीय दलको बैठकबाटै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् ।

सोमबार सिंहदरबारस्थित संसदीय दलको बैठकमा सांसदहरूले पूर्वनिर्धारित सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएपछि नेपालले प्रचण्डलाई फोन गरेका हुन् । प्रचण्डले गठबन्धन छोड्दा सल्लाह नै नगरेको, धोका दिएको भन्दै पहिले गरिएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग सांसदहरूले राखेका थिए ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीले सम्झौता कार्यान्वयनको लिखित सम्झौता गरे मात्रै राष्ट्रियसभाको अध्यक्ष र विश्वासको मत दिनुपर्ने दबाब आएपछि अध्यक्षले बैठकबाटै प्रधानमन्त्रीलाई फोन गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।

“प्रधानमन्त्रीबाट पहिले भएका सहमति कार्यान्वयन भएनन् । अब हुने कुरामा लिखित हुनुपर्छ भनेर दबाब बढेको थियो । अध्यक्षले बैठकबाट प्रधानमन्त्रीलाई फोन गर्नुभयो । उहाँले पहिले भएका सहमति कार्यान्वयन नभए राष्ट्रियसभाको अध्यक्ष र विश्वासको पक्षमा जान नसक्ने जानकारी गराउनुभयो,” उनले बाह्रखरीसँग भने ।

एकीकृत समाजवादीले प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने माग राखेको छ । त्यस्तै, प्रदेशका मन्त्री, प्रदेश प्रमुखको नियुक्तिका विषयमा पनि अहिले नै सहमति गर्नुपर्ने पक्षमा सांसदहरू देखिएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro