site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
क्यान्सरका बिरामीलाई यती एयरलाइन्समा निःशुल्क हवाई टिकट

काठमाडौं । क्यान्सरका बिरामीलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । उपचारका निम्ति विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीलाई यतीले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो ।

नेपालभरका क्यान्सरका बिरामीलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच सम्झौता भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले सुविधा ल्याइएको यतीका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए ।

निःशुल्क टिकट लिन बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्छ । कागजातका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्र उपलब्ध गराइने र उपचारका निम्ति आउनुअघि टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको सो इन्स्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिइन् ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro