राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा आइतबार श्रेष्ठमाथि आक्रमण भएको हो । बैठककक्षबाट बाहिँरिदा एक समूहले श्रेष्ठमाथि आक्रमण गरेको थियो ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले हातपातबारे सीसीटीभी फुटेज हेर्न लागिएको बताए । “हाम्रा नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ,” उनले बाह्रखरीसँग भने, “ हामी सीसीटीभी फुटेज हेदैर्छौँ । कसले के विषयमा आक्रमण गरेको भन्ने छानबिन गर्दैछौँ ।”
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १३:४९
प्रतिक्रिया दिनुहोस्