खेल
काठमाडौं । वर्षाका कारण त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल पुनः रोकिएको छ ।
हङकङस्थित मिसन रोड मैदानमा आइतबार टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँद पानी परेपछि खेल रोकिएको हो । यसअघि, हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल करिब आधा घण्टा रोकिएको थियो ।
नेपालका करण केसीले इनिङको पहिलो बलमै विकेट लिएका थिए । मार्टिन कोएट्जीलाई करण केसीले गुल्सनकुमार झाबाट क्याच गराएका थिए । दोस्रो विकेट गुल्सनले ७.२ ओभरमा लिएका हुन् ।
आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल, हङकङ र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १३:०२
प्रतिक्रिया दिनुहोस्