site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष स्थानमा उक्लियो आर्सनल

काठमाडौं । काई हाभाट्जको निर्णायक गोलमा बेन्टफोर्डविरुद्ध २–१ को जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान इमिरेट्स रंगशालामा खेल सकिन चार मिनेट बाँकी रहँदा काइ हाभेर्टजले विजयी गोल गरेका थिए ।

खेलमा अग्रता पनि घरेलु टोलीले नै बनाएको थियो । डेक्लेन रिसले १९औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रतामा राखेका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा योअने विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई बराबरीमा ल्याएका थिए ।

जितसँगै २८ खेलबाट ६४ अंकसहित आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । आर्सनललाई पछ्याइरहेको लिभरपुलले एक खेल कम खेल्दै ६३ अंक जोडेको छ । तेस्रो स्थानको म्यानचेस्टर सिटीले ६२ अंक छ ।

शनिबार राति नै भएको अन्य खेलमा उल्भ्सले फुलहमलाई २–१ ले म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० हराए । यस्तै, बर्नमाउथ र सेफिल्ड युनाइटेड २–२ तथा क्रिष्टल प्यालेस र लुटन टावसले १–१ गोलको बराबरी खेलेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro