site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चर्च ब्वाइज झापा गोल्डकपको फाइनलमा

विराटनगर । चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आयोजक झापा–११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज छैटौँ संस्करणको फाइनलमा पुगेको हो ।

शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटको समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टी सुटआउटबाट खेलको छिनोफानो गरिएको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्डकपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भयो । यसअघिका पाँचै संस्करणमा फाइनलमा पुगे पनि झापाले उपाधि जित्न सकेको छैन ।

खेलको ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका गोलकिपर दीप कार्की बने । उनले मेडलसहित ११ हजार रुपैयाँ प्राप्त गरे ।

आउँदो सोमबार हुने उपाधि भिडन्तमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यही फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेता टोलीले १३ लाख रुपैयाँ पुरस्कार जित्नेछ । उपविजेताले सात लाख रुपैयाँ पाउनेछ । विधागततर्फका खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro