site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साताको सेयर बजार : नेप्से ५८ अंकले बढ्यो, बजार पुँजीकरण ३२ खर्ब नजिक

काठमाडौं । यो साता सेयर बजारमा पाँचदिन कारोबार भयो । जसमध्ये तीन दिनमा १३० अंकले बढेको परिसूचक नेप्से दुई दिनमा ८२ अंकले घट्यो ।

समग्रमा यो साता बजार ५८.४६ अंकले बढेको छ । यस साताको अन्तिम करोबार दिन बजार २,०३० विन्दुमा रोकिएको छ । गत साताको अन्तिम कारोबार दिन बजार १,९७७ विन्दुमा थियो ।

कारोबार रकम गत साताको भन्दा एक अर्ब ६१ करोड रुपैयाँले बढेको छ । यो साता १३ अर्ब २२ करोड १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता ११ अर्ब ६१ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत साताको अन्तिम कारोबार दिन बजार पुँजीकरण ३० खर्ब ९९ अर्ब ८६ करोड रुपैयाँ थियो । एक सातामा कुल बजार पुँजीकरण ९१ अर्ब ८९ करोड ५८ लाख रुपैयाँले बढेको हो ।

नयाँ अर्थमन्त्री आएसँगै बजारले सकारात्मक संकेत देखाएको छ । अर्थमन्त्री वर्षमान पुनले पनि बजारको विषयमा सकारात्मक अभिव्यक्ति दिँदै आएका छन् । उनले पद बहाली गर्दा “सेयर बजारसम्बन्धी नीतिलाई आवश्यकताअनुसार परिमार्जन गर्ने' बताएका थिए । त्यसका साथै बजारमा पैसा चलायमान नहुँदा पनि समस्या उब्जिएको उनको भनाइ थियो ।

उनी अर्थमन्त्री भएको भोलिपल्ट बिहीबार बजार साढे १३ अंकले बढ्यो । अघिल्लो दिन बजार ९.३३ अंकले बढेको थियो । उनले संसद् भवन बाहिर बिहीबार पत्रकारहरूसँगको कुराकानीमा सेयर बजारमा ढुक्क भएर लगानी गर्न पनि भने । त्यसले पनि अर्थमन्त्री पुन सेयर बजारप्रति सकरात्मक भएको देखिन्छ ।

नेपाली कांग्रेससँगको गठबन्धन छुटेर एमालेसँगको नयाँ गठबन्धन भएको दिन सोमबार बजार ११७.७० अंकले बढेको थियो । तर, त्यसको भोलिपल्ट मंगलबार बजार ७०.१३ अंकले घटेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro