site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
संसद्‌मा बाइडेनले गरेको सम्बोधनले विवाद
तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार संसद्‌मा ‘स्टेट अफ दी युनियन’ सम्बोधन गरेका छन् । भाषणका क्रममा उनले यसै वर्ष सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको आलोचना गरे ।

उनले गाजामा सहायता पठाउन अमेरिकी सेनाले अस्थायी रूपमा मद्दत गर्ने पनि बताए । गाजा युद्धमा कुनै अमेरिकी सैनिक नपठाइने उनले स्पष्ट पारे ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्बोधनका क्रममा उनले गएको फेब्रुअरीमा जर्जियाकी नर्सिङ विद्यार्थी लेकेन रिलेको हत्याबारे पनि बोले । त्यसक्रमका शब्दले भने उनी विवादित बनेका हुन् ।

बाइडेनले सम्बोधनका क्रममा ‘एक निर्दोष युवती गैरकानुनीबाट मारिइन्’ भनेका थिए । रिलेको हत्या गैरकानुनी रूपमा देशमा बसिरहेका व्यक्तिले गरेका भनिएको छ ।

Global Ime bank

धेरै डेमोक्रेट र रिपब्लिकन सांसदले बाइडेनले प्रयोग गरेको ‘अवैध’ वा ‘गैरकानुनी’ शब्दलाई लिएर आलोचना गरेका छन् । सांसदहरूले कोही पनि मान्छे अवैध नहुने टिप्पणी गरेका छन् ।

कतिपयले बाइडेनको कमजोर नीतिले अमेरिकामा सीमा एवं आप्रवासी संकट बढेको जिकिर गरेका छन् ।

रुस–युक्रेन र गाजा युद्ध एवं उमेरलाई लिएर बाइडेनको आलोचना भइरहेको छ । द गार्जियनबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय