राजनीति

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । आज बिहान १० बजेदेखि संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो ।
सत्ताबाट बाहिरिएपछि कांग्रेस संसदीय दलको यो पहिलो बैठक समेत हो । कांग्रेस संसद्मा अबका दिनमा प्रस्तुत हुने विषयमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिइने बताइएको छ ।
सरकारले प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसद्मा कसरी प्रस्तुत हुने भन्ने बारेमा सांसदहरूलाई प्रशिक्षण दिइने बताइएको छ । –न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० १०:३३
प्रतिक्रिया दिनुहोस्