site stats
बाह्रखरी :: Baahrakhari
देश
बालुवाटारबाट पक्राउ परे १३ जना मिटरब्याजपीडित  
काठमाडौंमा प्रदर्शन गर्दै मिटरब्याजपीडित ।
Argakhachi Cement Island Ad

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जना पक्राउ परेका छन् । कुशवाहसहित नौजना पुरुष र चारजना महिला पक्राउ परेका हुन् ।  

बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा मिटरब्याजपीडितलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीकाअनुसार बालुवाटर वरपर प्रदर्शन गरेपछि  नियन्त्रणमा लिइएको हो ।
 
पक्राउ परेको उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्