site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले माग्यो– गृह‚ भौतिक‚ पर्यटन र सहरी विकास मन्त्रालय 
रवि लामिछाने । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ । चार मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान छ ।

रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको सो पार्टीका एक शीर्ष नेताले बाह्रखरीसित बताए ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको ती नेताको भनाइ छ ।

रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउन छलफलमा छन् । निर्णय हुन बाँकी छ । “गृहसहित पर्यटन‚ भौतिक पूर्वाधार‚ सहरी विकास मन्त्रालय लिने विषयमा छलफल भइरहेको छ‚” ती नेताले भने‚ “सबै हामीले भनेको त नहोला, तर अडान त राख्नुपर्‍यो नि !”

रास्वपाले गृह मन्त्रालय जुनसुकै हालतमा आफूले पाउनुपर्ने अडान राखेको छ । नेकपा (एमाले)को पनि यही अडान छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro