site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एकैदिन पाँच अर्बले बढ्यो निक्षेप, कर्जा लगानी घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा एकैदिन पाँच अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन १८ गते एकैदिन पाँच अर्ब रुपैयाँ निक्षेप थपिएको हो । फागुन १७ गते बिहीबारसम्म ६१ खर्ब ६३ अर्ब रुपैयाँ रहेको निक्षेप एकैदिनमा बढेर ६१ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको हो ।

कर्जा लगानी भने एक अर्बले घटेको छ । फागुन १७ गतेसम्म ५० खर्ब ८७ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा १८ गते घटेर ५० खर्ब ८६ अर्ब रुपैयाँ कायम भएको छ ।

Dabur Nepal
NIC Asia

पछिल्ला दिनहरूमा बैंकप्रति लक्षित गतिविधिले कर्जा लगानी विस्तारमा सुस्तता आएको बैंकरहरू नै बताउँछन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन १ देखि फागुन १५ गतेसम्म निक्षेप ६.८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, कर्जा लगानी भने ४.२ प्रतिशतले वृद्धि भएको छ ।

गत शुक्रबारसम्म कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८०.१२ कायम छ । तर, राष्ट्र बैंकले बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशत कायम गर्न सक्ने निर्देशन दिएको छ । अहिले बैंकहरू कर्जा लगानी गर्ने अवस्थामा नभएको बैंकरहरू नै बताउँछन् । पुँजीकोष दबाबले पनि अहिले बैंकहरू समस्यामा छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro