site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सूर्यनारायण एच पेलिसकाे गजल

दुखियालाई यहाँ सधैँ केवल जलन छ
अधिकार कहाँ छ, बक्सिसकै चलन छ । 

न्यायको ढोकामा नै मरेछ बिचरा ऊ
न्यायको सहिद घोषणाको, आँकलन छ ।

सुनुवाइ नाटक मात्र, सबै पर्दाभित्र हुन्छ
डिजिटल युग पो, सेटिङकै प्रचलन छ ।

फरफारक भा’कै सडकमा फसेछ बालक
गुणस्तर जाँचको गुणस्तरमै, विचलन छ ।
 
आखिर श्रम गर्नेलाई नै त दलन छ
रक्षक नै भक्षक, कोषमै अपचलन छ ।

(म्याग्दे–६, तनहुँ)

    

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro