site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी प्रदेशमा हुनेछ आज हल्कादेखि मध्यम वर्षा, काठमाडौंमा साँझदेखि वर्षा सुरु हुने
फाइल तस्बिर ।

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका केही भू–भागमा आज वर्षा हुनेछ । हिजोबाट पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती तथा कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

Dabur Nepal
NIC Asia

विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रहने जनाएको छ । वाग्मती तथा कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मौसमविद् सरोज पुडाशैनीका अनुसार आज दिउँसो काठमाडौंमा वर्षाको सम्भावना छैन । “काठमाडौंमा बिहानैबाट मौसम बदली सुरु भएको छ । आज दिनभर बदली भइरहन्छ । तर दिउँसो काठमाडौंमा वर्षाको सम्भावना छैन,” मौसमविद् पुडाशैनी बाह्रखरीसँग भन्छन्, “साँझ ६/७ बजेबाट भने काठमाडौंमा छिटपुट वर्षा हुनसक्छ । आज राति र भोलि भने काठमाडौंमा वर्षा हुनेछ ।”     

विभागका अनुसार राति देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशसहित वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 

सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro