site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान सरकार पूर्णरूपमा असक्षम र असफल : शंकर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका छन् । 

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले वर्तमान सरकार पूर्णरूपमा असक्षम र असफल देखिएको भन्दै गठबन्धन सरकारको कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताए ।

Dabur Nepal
NIC Asia

उनले सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए । देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्न यतिबेला इतिहासकै कमजोर भएको पोखरेलको भनाइ थियो । 

उनले अभियोग लागेका व्यक्तिहरू झन्डा हल्लाउँदै अख्तियारमा धाउने गरेको भन्दै विभिन्न प्रकरणमा संलग्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले हटाउन नसकेको तर्क गरे ।

सुशासनको कुरा गर्ने सरकार भ्रष्टाचारका फाइल खोल्दा आफ्ना मान्छेका अनुहार देखिएपछि पछाडि फर्कने गरेको पोखरेलले बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro