site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यकार ‘किशोर’लाई ‘राष्ट्रिय साधना साहित्य सम्मान’
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सामना म्युजिक क्रिएशन नेपालले साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’लाई ‘राष्ट्रिय साधना साहित्य सम्मान’ समर्पण गरेको छ । क्रिएसनले यस वर्षदेखि साहित्यका क्षेत्रमा पनि सम्मान समर्पण प्रदान गर्न सुरु गरेको हो ।

क्रिएसनले डा. पुडासैनीको लामो साहित्यिक योगदानको कदर गर्दै उक्त सम्मान समर्पण गरेको जनाएको छ । 

संस्थाकी अध्यक्ष सामना शाहले समाजलाई सकारात्मक परिवर्तन गर्न योगदान दिने स्रष्टाहरूलाई राज्यले उचित कदर गर्न नसकेको परिप्रेक्षमा संस्थाले निष्पक्ष रूपमा पुरस्कार तथा सम्मान समर्पण गर्दै आएको बताइन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्