site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोमस कम्पनीको अल्बेन्डाजोलसहित तीन औषधि बिक्रीमा रोक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । औषधि व्यवस्था विभागले दुई कम्पनीका तीन वटा औषधि बिक्री वितरणमा रोक लगाएको छ । प्रयोगशाला परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएपछि ती औषधि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ । 

लोमस फार्मास्युटिकल्स प्रालिद्धारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल औषधिको ब्याच नम्बर एमटीएस ०१२३ मा खराबी देखिएको हो । सोही कम्पनीको ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेटको ब्याच नम्बर एचपी ०१२२ मा  न्यून गुणस्तर पाइएको विभागले जनाएको छ । 

यस्तै, फार्माको इन्टस्ट्रीज् लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल औषधिमा पनि खराबी देखिएको छ । सो औषधिको ब्याच नम्बर २२/०१ न्यून गुणस्तरीय पाइएपछि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ । 

खराबी देखिएका ब्याचका औषधिहरू बजारमा विक्री वितरण, सिफारिस र प्रयोग समेत नगर्न सबैमा विभागले अनुरोध गरेको छ ।  उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी सोको विवरण विभागमा बुझाउन भनिएको छ । 

dda-(1)-1709207982.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro