अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८० ११:३७
प्रतिक्रिया दिनुहोस्