site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संख्यात्मक वृद्धिले सहकारीमा समस्या ल्यायो : मैनाली

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले सहकारीको काम साझेदारी गर्ने भए पनि त्यो नभएको बताएका छन् । वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघको आयोजनामा बुधबारबाट सुरु भएको ‘वाग्मती प्रदेश साकोस समिट’मा कार्यपत्र प्रस्तुत गर्दै उनले ४७ वटा कानुनले सहकारीलाई नचिनेको बताएका हुन् ।

‘कानुन कार्यान्वयन र अभियान शुद्धीकरणका लागि सहकारी एकीकरण र वर्गीकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सचिव मैनालीले सहकारीका संघहरू धेरै भएको र संघहरूले सदस्य संस्थाको विकास र प्रवर्द्धनका लागि काम गर्नुपर्ने बताए । सहकारीमा एकीकरण आवश्यक रहेको र यसले संस्थाहरूको संख्या घटाई दोहोरो सदस्य घटाउन सहयोग गर्ने बताए ।

एकीकरणमार्फत जोखिम व्यवस्थापनमा सघाउन भन्दै सरकारले २०६२ बाट नै एकीकरण कार्यक्रम सुरु गरेको उनको भनाइ छ । एकीकरण गर्दा कर्मचारी र कुल खर्चको अनुपात, नाफा नोक्सान अनुपात, कर्जा निक्षेप अनुपात, पुँजी कोष अनुपात विश्लेषण गरी  औषत वार्षिक वृद्धिदर र व्यवसाय विस्तारलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

एकीकरणले संस्थाको छवि सुधार, व्यवसायको विस्तार र सुशासनमा कायम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । कमजोर स्वःनियमन, संस्थाभित्र सदस्य केन्द्रीयताको अभाव र नियमाकीय अलमल सहकारीको समस्या भएको मैनालीको भनाइ छ । ३१ हजार सहकारी संख्या नै सहकारीको मुख्य समस्या भएको उनले बताए । सहकारीमा वित्तीय सुचकांक, संस्थागत शुसासन र जवाफदेहीतालाई आधार मानेर एकीकरण गर्न सकिने उनले बताए । 

“संस्थामा तरलता होइन विश्वास आवश्यक रहेको र अमेरिकामा सीडी रेसियो हँुदैन । किनभने त्यहाँका वित्तीय संस्थामा विश्वासको अभाव छैन,” उनले भने ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा दुई वर्षदेखि समस्या आए पनि राज्यबाट कुनै पनि संस्थाको प्रभावकारी नियमन नभएको बताए । सहकारीमा नियमन कमजोर रहेको र ३१ हजार सहकारी संस्थाको कसरी नियमन गर्ने भन्ने पद्धतिको अभाव रहेको उनले जनाए । प्रभावकारी नियमन नहुँदा सहकारीमा विकृति बढेको ढकालले बताए ।

सहकारीमा एकीकरणसँगै विभाजन पनि सुरु भएको भन्दै उनले विभाजन किन गर्ने भन्ने कुरा उठाउन आवश्यक रहेको बताए । राष्ट्रिय सहकारी महासंघले सन् २०३० भित्र एकीकरणमार्फत ३१ हजार सहकारीलाई १० हजारमा झार्ने भने पनि त्यसको विधिका बारेमा आफू नै अनविज्ञ भएको सुनाए ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro