site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लेनोभोले ल्यायो पारदर्शी स्क्रिन भएको ल्यापटप

काठमाडौं । लेनोभोले स्पेनको बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेसमा पारदर्शी स्क्रिन भएको ल्यापटप सार्वजनिक गरेको छ । लेनोभोको थिंकबुक ट्रान्सपरेन्ट डिस्प्ले ल्यापटपमा १७.३ इञ्चको स्क्रिन छ । यो स्क्रिनको वारपार सजिलै देख्न सकिन्छ ।

बेजेल–रहित डिस्प्लेमा पिक्सेल ब्ल्याक सेट गरी अफ गर्दा ५५ प्रतिशत पारदर्शिता रहेको छ । तर ल्यापटपमा पिक्सेल बढाउँदै जाँदा विस्तारै पारदर्शिता घट्दै जान्छ । अन्तमा एक हजार निट्सको पूर्ण अपारदर्शी सेतो डिस्प्ले बन्छ ।

यो ल्यापटप खासगरी डिजिटल आर्टिस्टहरूका लागि बढी प्रयोग हुने कम्पनीको भनाइ छ । स्केच बनाउने बेला उनीहरूले स्क्रिन पछाडिको कुरा देख्न सक्नेछन् । 

लेनोभो पारदर्शी डिस्प्ले प्रयोग गर्ने कम्पनीहरूमा नयाँ हो ।

Global Ime bank

सामसङले एक दशकअघि सन् २०१० मा नै मा पारदर्शी ल्यापटप अवधारणा देखाएको थियो ।

लेनोभो आफैँले पनि सन् २०१५ हाल बन्द भएको यसको मोबाइल कम्पनीमार्फत् पारदर्शी स्मार्टफोन अवधारणा प्रदर्शन गरेको थियो ।

जापानमा पसलको डिस्प्ले र चीनमा ट्रेनको झ्यालमा पनि यस्ता डिस्प्ले प्रयोग भएका छन् । एलजीले समेत बजारमा पठाउने गरी हालै पारदर्शी टिभी सार्वजनिक गरेको छ ।

लेनोभोले ल्याएको जस्तो पारदर्शी डिस्प्ले भएका ल्यापटप बनाउन र बजारीकरणमा चुनौती देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu