site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धितोपत्र बोर्ड अध्यक्ष छनोटको कार्यविधि तयार, तीन जनाको आवेदन पेर फेरि म्याद थपिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि कार्यविधि तयार भएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि तयार पारेको हो ।

सरकारले बोर्डको अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापन प्राध्यापक उदय निरौला रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।

कार्यविधिअनुसार बोर्ड अध्यक्षका लागि तीन जनाको आवेदन परेमा पहिलो चरणमा परेका आवेदनहरूलाई यथावत् राखी थप आवेदनका लागि सात दिनको म्याद दिई पुनः दरखास्त आह्वान गरिने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पुनः दरखास्त आह्वान गर्दा थप आवेदन परे वा नपरे पनि छनोटसम्बन्धी प्रक्रियालाई अगाडि बढाउन सकिने व्यवस्था कार्यविधिमा छ ।

आवेदन दिन धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव भएको हुनुपर्ने छ । तीस वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।

Global Ime bank

तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल गत पुस २० मा सकिएपछि बोर्ड नेतृत्वविहीन छ ।

हेर्नुहोस् कार्यविधि

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय