site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसीका मुख्यमन्त्री कार्कीको ‘हात्तीमैत्री पदयात्रा’ सम्पन्न

उदयपुर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ‘हात्तीमैत्री पदयात्रा’ मंगलबार उदयपुरको बेलसोत आइपुगेर सम्पन्न भएको छ । यही फागुन ९ गते झापाको बाहुनडाँगीबाट पदयात्रा थालिएको थियो ।

यसक्रममा मुख्यमन्त्री कार्कीले पाँच जिल्लामा २४३ किलोमिटर पैदलयात्रा गरे । उनले पाँच जिल्लाका २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्र हुँदै पदयात्रा गरेका थिए । यसक्रममा कार्कीले दैनिक ४० किलोमिटर पैदलयात्रा गरे ।

मुख्यमन्त्रीले पीडित र सर्वसाधारणसँग प्रत्यक्ष अन्तरसंवाद गरी जानकारी लिएको विषयलाई संश्लेषण र कार्ययोजना तय गरिने प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए ।

जंगली हात्तीको परम्परागत जैविकमार्गमा गरिएको यो यात्रा मानव–हात्तीबीचको द्वन्द्वको कारण पहिचान र समस्या निराकरणमा केन्द्रित रहेको मुख्यमन्त्री कार्कीले बताए ।

जनसंख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चापले हात्तीको जैविकमार्गको संकुचन र प्राकृतिक वासस्थान घटेको यात्राका क्रममा देखेको र यो विषयलाई बजेटमार्फत सम्बोधन गरिने उनले उल्लेख गरे ।

कोसी प्रदेशका पाँच जिल्लामा हात्तीले घरगोठ, खेतबारी र अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्‍याउँदै आएको छ ।

पदयात्रा समापन कार्यक्रममा हात्तीविज्ञ रमेश थापा, शंकर लुइँटेल, संघीय सरकारका सचिव दीपक खराल र अभियानकर्मी बालकृष्ण कार्कीलाई सम्मान गरियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro