site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अध्यक्ष भएको दुई वर्षमा केन्द्रीय समिति, विवाद मिलाउन निर्देशन दिएपछि अनिश्चित 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले जिम्मेवारी सम्हालेको दुई वर्षपछि केन्द्रीय समितिको पहिलो बैठक आह्वान गरे । मंगलबार (आज)का निम्ति बैठक बोलाइएको थियो । तर, संस्थापनइतर पक्षले सहभागी नहुने बताएपछि शेर्पा समस्यामा परे ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमै पुगेर संस्थापनइतरका विद्यार्थीले ध्यानाकर्षण गराए । देउवाले विवाद मिलाएर मात्र केन्द्रीय समिति बैठक बस्न निर्देशन दिएका छन् ।

Dabur Nepal
NIC Asia

आज बिहान ११ बजेका निम्ति निर्धारित बैठक सभापतिको निर्देशनपछि अध्यक्ष शेर्पाले दिउँसो १ बजे बस्ने तय गरेका छन् । त्यति बेला पनि बैठक बस्ने निश्चित छैन ।

देउवाको निर्देशनपछि शेर्पाले इतर समूहका विद्यार्थीलाई वार्तामा बोलाएका छन् । तर, मंगलबार मध्याह्न १२ बजेसम्म वार्ता सुरु नभएको नेता शेखर कोइरालानिकट केन्द्रीय सदस्य प्रेमिका रानामगरले जानकारी दिइन् ।

उनका अनुसार, वार्ता गर्न पहिला टोली तयार हुनुपर्ने भएकाले उनीहरू त्यसको गृहकार्यमा छन् ।

अध्यक्ष शेर्पाले वार्ताका निम्ति तयारी भइरहेको बताए । “वार्ता हुँदै छ, १ बजे बैठक (केन्द्रीय समिति) बस्छ,” शेर्पाले बाह्रखरीसँग भने, “सभापतिज्यूले मिलाएर बैठक बस्न भनेपछि १ बजेका लागि सारिएको हो ।”

देउवाले ०७८ चैत ९ गते शेर्पालाई ६ महिनाभित्र महाधिवेशन गर्ने गरी नेविसंघ अध्यक्ष बनाएका थिए । उनले डेढ वर्षसम्म कार्यसमिति नै पाएनन् । तदर्थ समिति बनाएको पाँच महिनापछि उनले केन्द्रीय समिति बैठक आह्वान गरेका हुन् ।

तदर्थ समिति बनाएपछि बैठक नराखेका शेर्पाले कांग्रेसका जिल्ला सभापतिसँग समेत परामर्श नगरी नेविसंघ जिल्ला अध्यक्ष तोकेपछि विवादमा तानिए । अध्यक्ष शेर्पाले काठमाडौं, धादिङ, दोलखा, मकवानपुर, बारा, नवलपरासी र सुनसरी जिल्ला अध्यक्ष एकलौटी तोकेपछि संस्थापनइतरले आपत्ति जनाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro