site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् भवनमा लघुवित्त ऋणी छिरेको विषयमा सभामुखको लिए चासो

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद् भवनको परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा आफूले गम्भीर चासो लिएको बताएका छन् ।

सभामुख घिमिरले आज साँझ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । उनले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताएका छन् ।

सभामुखको सचिवालयका अनुसार गृहमन्त्रीले सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाइएको र छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका छन् ।

उनले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको समिति गठन गरिएको र संसद् भवन सुरक्षार्थ टोली परिवर्तन गरिएको जानकारी दिए ।

उच्च सुरक्षाका बाबजुद आज दिउँसो लघुवित्त पीडितहरू नयाँ बानेश्वरस्थित संसद् भवन छिरेका थिए । संसद् भवनको चारैतिर तैनाथ गरिएको सुरक्षा घेरा तोडेर उनीहरू भित्र छिरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro