site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय गजल गायक पंकज उधासको निधन
Tiktok banner adTiktok banner ad

काठमाडौं । गजल गायक, संगीतकार एवं पद्मश्री विजेता पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । सोमबार बिहान ११ बजे मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उनको निधन भएको हो ।

उनलाई केही महिनाअघि क्यान्सर भएको पत्ता लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ ।

उनको अन्तिम संस्कार मंगलबार हुने छ ।

पंकज उधासकी छोरी नायब उधासले पनि आफ्ना पीताको निधनको खबर सामाजिक सञ्जालमा राखेकी छन् ।

सन् १९८० मा आफ्नो पहिलो गजल एल्बम ‘आहत’ निकालेका उनले  ६० भन्दा बढी एकल एल्बम निकालेका छन् ।

उनी गजललाई गीत संगीतको मुख्यधारमा ल्याउने व्यक्तित्व मानिन्छन् ।

सन् १९८६ को नाम चलचित्रको ‘चिठ्ठी आई हैं’ र “आ गले लगजा’ जस्ता गीतले उनलाई नयाँ उचाइ दिएको थियो ।

एबीपीलाइभबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro