site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आलोपालो हुँदा माओवादीसँग केही रहँदैन, त्यसैले राष्ट्रियसभा अध्यक्ष हाम्रै हुन्छ : जनार्दन शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष आफ्नै पार्टीबाट हुने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले राष्ट्रियसभाको ठूलो दलको हिसाबले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताए ।

उनले हालसम्म गठबन्धन दलहरूका बीचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमति नभएको स्पष्ट पार्नुभयो । आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग केही नहुने भन्दै राष्ट्रियसभा अध्यक्ष आफूहरूकै हुने उनकफ भनाइ छ ।

"राष्ट्रियसभाको सबभन्दा ठूलो दल हाम्रा हो । उसले दाबी नगरे कसले गर्छ ? संस्थागतरूपमा कसैको पनि सहमति भएको छैन । संस्थागत सहमति भएको छैन । ठूलो दलले दाबी नगरेमा कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसद्‌मा पनि हुँदैनौँ । सरकारमा पनि हुँदैनौँ । सबैतिर शून्य हुन्छ । त्यो हाम्रै हुन्छ," उनले भने ।

सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले कांग्रेसले महासमिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको बारेमा पार्टीको स्थायी समिति बैठकमा छलफल हुने बताए । उनले कांग्रेस महासमिति बैठकमा जनयुद्धलगायतका कतिपय विषयमा प्रश्न गरेका हुनाले त्यसमा आफूहरूको आपत्ति रहेको पनि बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro