site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फुटबलर मनीष डाँगीको घरमा चोरी गर्ने पक्राउ

काठमाडौं । फुटबलर मनीष डाँगीको घरमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न आरोपमा दोलखाका प्रविण तामाङ, अनुप तामाङ र लतिलपुरका राजन श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो ।

यही फागुन ६ गते उनीहरूले ललितपुरको इमाडोलस्थित मनीषको तीनतले घरमा प्रवेश गरी चोरी गरेका थिए । प्रहरीका अनुसार, उनीहरूले डाँगीको घरबाट करिब ४५ लाख रुपैयाँबराबरको धनमाल चोरी गरेको खुलेको छ ।

पक्राउ परेकालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ । कार्यालयको ललितपुरको टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अनुपको योजनामा डाँगीको घरमा चोरी गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro