site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अग्रज नेता मिलेर मुलुकमा सुशासन कायम र गरिबी अन्त्य गरिदिनुस् : मन्त्री किराती
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले प्रमुख दलका नेताहरूलाई मिलेर मुलुकमा सुशासन कायम गर्न आग्रह गरेका छन् । अग्रज नेताहरूले मिलेर मुलुकमा सुशासन कायम र गरिबीको अन्त्य तत्काल नगरे इतिहासले उनीहरूलाई माफी नदिने उनको निष्कर्ष छ ।

शनिबार काठमाडौंमा आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा मन्त्री किरातीले नेताहरूले मिलेरै राजतन्त्र फालेको र निरंकुशताको अन्त्य गरेको स्मरण गरे । अब सुशासन र गरिबी निवारणको  पाटोमा काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

“...तपाईंहरू मिलेर नै एकचोटि सुशासन कायम गरिदिनुस् । गरिबीको अन्त्य गरिदिनुस् । तपाईंहरूलाई कति हामीले बोक्नुपर्ने, हनुमानले पहाड बोकेजस्तो हामी बोक्न तयार नै छौँ । तर, अब पनि ढिलो भयो भनेचाहिँ समयले हामी कसैलाई पर्खने छैन । र, माफी इतिहासले दिने छैन ।”

उनले मुलुकमा सुशासन र गरिबीको पक्षमा काम गर्न आफूहरूले अग्रज नेताहरूलाई सक्दो साथ दिने प्रतिबद्धता समेत व्यक्त गरे । नेपाली माटोअनुकूलको सिद्धान्त र व्यवहार प्रदर्शन गर्नुको साटो नेताहरू पद र प्रतिष्ठामा लाग्दा मुलुक पछि परेको उनले दोहोर्‍याए ।


मन्त्री किरातीले नेपाली समाजमित्रै रहेको समाजवादको विकास गरेर अघि बढ्नुपर्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro