site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनाङमा घर भत्कँदा एकको मृत्यु, सातजनाको सकुशल उद्धार
प्रतीकात्मक तस्बिर ।

मनाङ । मनाङमा शनिबार एउटा घर भत्कँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

ङिस्याङ गाउँपालिका–४, मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो । घर मर्मत गर्ने नौ कामदारमध्ये सातजनाको सकुशल उद्धार गरिएको छ । एकजनालाई सामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घरमा हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो ।

उनले भने, “केही दिनअघिको भारी हिमपातपछि घरमा पानी चुहिने समस्या देखिएको रहेछ । सो मर्मतका क्रममा घर भत्किएको हो । घलेको माटोले च्यापिएर मृत्यु भएको जानकारी प्राप्त भएको छ ।”

माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।

मृतक घलेको शव पोस्टमार्टमका निम्ति चामेमा पठाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनले भने, “माटोले पुरिँदा एकजनाको टाउकोमा सामान्य चोट लागेकोमा  प्राथमिक उपचार गरिएको छ भने अन्यको सकुशल उद्धार गरिएको छ ।”

उनका अनुसार, घरमा हिउँ बढी जमेपछि पानी चुहिने समस्या देखिएको थियो । रासस

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro