site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘जीवगाथा’ लिएर आए ददि सापकोटा

काठमाडौं । वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवं पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक ददि सापकोटाले पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा वन्यजन्तुविद् सुवालले प्रकृति एवं जीवजनावरसम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा ददि सापकोटाको ‘जीवगाथा’ विशेष रहेको बताए । जीवजनावरका आनीबानी र क्रियाकलाप सरल किसिमले लेखिएको यो पुस्तकको महत्त्व पनि रहेको उनको भनाइ छ ।

वन्यजन्तुको समाजमा रमाउने, तिनलाई साथी बनाउने, तिनका कथाव्यथा बुझ्ने, आनीबानी र स्वभावलाई पछ्याएर रमाइलो किसिमले लेख्ने खुबी सापकोटाको रहेको लेखक अमर न्यौपानेको भनाइ छ । “ददिजीको लेख्ने तरिका रमाइलो छ । पशुपन्छीका तिनका यौनजन्य स्वभावलाई विशेष किसिमले पस्किने उहाँको लेखन मलाई मन पर्छ,” उनले भने ।

वर्षौँअघि चितवनको सौराहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले विस्तारै जीवजनावर आदिमा आकर्षित गरेको लेखक सापकोटाले बताए ।

Global Ime bank

“प्रकृतिका यस्तै रहस्यमय, कौतूहलपूर्ण विषयबारे वनको ‘वैभव पुस्तक’ लेखिसकेको मैले यसपटक थप जीवजन्तुका रोचक आनीबानी, कौतूहलपूर्ण व्यवहार र लुकेका पाटा समेटेर जीवगाथा पस्किएको छु,” उनले भने, “मलाई विश्वास छ, यस पुस्तकले पनि पाठकलाई वन, जीवजन्तुको गाथा वा समग्रमा प्रकृतिका थप रहस्य खोतल्न मद्दत गर्नेछ ।”

जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे बुझाउने पुस्तक हो, ‘जीवगाथा’ । वैज्ञानिक तथ्य र सन्दर्भसामग्रीसहितको यो पुस्तक पढ्दा पाठकले जीवजन्तुसँगै हेलमेल भइरहेको अनुभूति गर्न सक्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu