site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
खुलामञ्चको बन्द ढोका 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुधन सुवेदी    


१.
छ्याङ्ङ हिमाल खुलेको दिनमा 
हिमाल टाउकैमा बोकेको टोपी
टोपीभन्दा माथि काँधमा बसेकी छोरीलाई बाउले खुलामञ्च देखाउँछ
बाहिरको फलामे बारमा अडेस लाउँदै 
हौसिएर मुट्ठी बटार्दै गरेको, सुनेको भाषण जसै फ्ल्यास ब्याक भयो
छोरी भित्र पसेर खेल्न ढिपी गर्दै रुन थाली
विगतको तालीको गड्गडाहट मनमा 
अनि, आँखाले खुलामञ्चको बन्द ढोका हेर्दै पात्र बाटो लाग्छ ।

२.
खुलामञ्चले आफ्नो नाम नबचाएकोमा चुकचुकायो पात्र
अलि पर प्रदर्शनीमार्ग नामानुसारको काम गर्न लागिपरेको छ
बीचसडकमा लाउड स्पीकर, स्टेज अनि थरीथरी स्पीकर
माग, जिन्दाबाद, मुर्दावादको आवाजले ऊ दंग छ
थोरै बोल्ने, त्यति नै थोरै सुन्ने
धेरैचाहिँ सडकमा गुड्न पालो कुरिरहेका
सडक बन्दचाहिँ होइन, जाम छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्