site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
निमग्ना घिमिरेकाे गजल

दुईबाट नयनहरू चार भएपछि 
के चाहियो तिमीसित प्यार भएपछि ।

हृदय नै झङ्कृृत भइदियो अझै
मुस्कान छर्ने दिव्य मुहार भएपछि ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन न हो एक्लिएर कति बस्न सक्छ ? 
जोडिदिने मायारूपी तार भएपछि ।

जिन्दगी नै सार्थक लाग्न थालेको छ
अघि बढ्ने तिमी आधार भएपछि ।

जीवनलाई सजाउने प्रेम नै त रै’छ
मग्न छु तिमी नै संसार भएपछि ।
 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्