site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटी एक्सप्रेसले ल्याएको योजनाको उपहार हस्तान्तरण

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौंस्थित म्यारिएट होटेलमा ‘विदेशबाट सिटी पठाऔँ, पठाएकोभन्दा १० गुणा बढी पाऔँ’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔँ’ योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने राजु तामाङलाई पाँच लाख ३० हजार ७५० र कोरियाबाट रेमिट्यान्स पठाउने सुवास लिम्बूलाई एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद, नेपाली हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति थियो । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मंसिर १५ गतेसम्म चल्ने गरी चाडपर्वलक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म चल्ने उपहार योजना घोषणा गरेको थियो ।

सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एकजनालाई जनही एक लाख, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार साथै  हरेक दिन १०० जना विजेताहरूलाई जनही ५०० को वालेट टपअप र अन्त्यमा एकजना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजना थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्