site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देश र जनताको हित कांग्रेसको धर्म हो, उत्तेजना होइन : गगन थापा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको धर्म देश र जनताको हित भएको बताएका छन् । हिन्दु धर्मका पक्षमा वकालत गर्नेहरूलाई कांग्रेसको धर्म देश र जनताको हित भएको भन्दै पार्टीको काम उत्तेजना फैलाउने नभई चेतना फैलाउने भएको जवाफ थापाले दिएका छन् । 

“यो पार्टी किन बन्यो, कांग्रेस बन्दै गर्दा सरकारमा जाने ठाउँ थियो ? चुनाव हुने अवस्था थियो ?,” थापाले भने, “यो पार्टी नेपाली जनताको हित गर्ने उद्देश्यले निर्माण भएको हो । नेपाली जनताको हित यो पार्टीको धर्म हो । हाम्रो काम उत्तेजना बढाउने होइन, चेतना फैलाउने हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले आमनागरिकको अपेक्षा सुशासन र डेलिभरी भएको भन्दै ०४६ साल पछिका सबै सार्वजनिक जीवनमा बस्नेहरूको सम्पत्ति छानबिन हुनेगरी कानुन बनाउन कांग्रेसले नै पहल लिने बताए । 

“आमनागरिक सरकारसँग सुशासन र डेलिभरी खोजिरहेका छन् । यहाँ चर्चा उठेको छ । चर्चा उठेको मात्र होइन कांग्रेसले संकल्प पनि लिएको छ,” थापाले भने, “०४६ सालयता प्रत्येक सार्वजनिक जिम्मेवारीमा बसेकाहरूको सम्पत्ति छानबिन गरी कानुन बनाउनुछ । त्यसको अगुवाइ कांग्रेसले नै गर्ने छ ।” 

Global Ime bank

उनले सरकारी जग्गा किर्ते गर्नेदेखि नागरिकतामा किर्ते गर्ने सबैलाई कानुनी दायरामा ल्याउनु कांग्रेसको कार्यभार भएको बताए । “भ्रष्टाचारमा मुछिएकोलाई १० वर्ष कांग्रेसले आफ्नो वरिपरी राख्नेछैनौँ भनेर संंकल्प गर्नुछ,” थापाले भने, “हामीले यति काम गर्यो भने कसैसँग कुम जोड्नु आवश्यक छैन । चुनावमा जाँदा खुट्टा कमाउनुपर्ने अवश्यकता छैन ।” 

उनले महासमितिका आमसदस्यहरूले कांग्रेसले मौलिकता नगुमाओस् भनेको भन्दै त्यसलाई कामबाटै भरोसा दिलाउने उनले बताए । “नेपाली कांग्रेसले मौलिकता नगुमाओस्, आफ्नो धुरी नछोडोस् भन्नुभएको छ । हामी त्यो भरोसा दिलाउन चाहन्छौँ,” थापाले भने, “बीपीले भन्नुभएको थियो– इतिहासमा गौरव गर्नेले इतिहासको जिम्मेवारीबाट पन्सन मिल्दैन । हामीले पनि देश बन्दैन हुँदैन भन्ने भाष्य बदलेर आशा जगाउनुछ । ”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय