site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘अवसर जति सबै श्रीमान्–श्रीमती र भतिजालाई, युवालाई खै ?’
Sarbottam CementSarbottam Cement

गोदावरी । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा युवाहरूलाई प्रतिनिधित्व गर्नेबारे पार्टीको नीति स्पष्ट हुनुपर्ने माग भएको छ । बिहीबारको समूहगत छलफलमा बोल्ने महासमिति सदस्यहरूले पार्टीमा युवालाई प्रतिनिधि नबनाएर श्रीमान्–श्रीमती भतिजाले अवसर पाएकोमा आपत्ति जनाए । 

काठमाडौंबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य सुशील भट्टले पार्टीमा युवाको प्रतिनिधित्व कति हुने भन्ने स्पष्ट संख्या उल्लेख गर्न माग गरे । भट्टले काठमाडौँ महानगरका युवा मेयर बालेन्द्र शाह (बालेन)लाई देखेर नेताहरूले चिटचिट पसिना काडेको जिकिर गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस बलियो बनाउने भए युवालाई समेट्न उनले सुझाव दिए । “विधानमा युवा प्रतिनिधित्व कति हुने हो तोकियोस् । बालेनलाई देखेर हाम्रा नेताले चिटचिट पसिना काढ्छन््,” उनले भने, “पार्टीमा युवा प्रतिनिधित्व वेवास्ता गर्छन् । पार्टीभित्रको अवसर श्रीमान्–श्रीमती, भजिताले पाएका छन् ।” उनले पार्टी पूर्णरूपमा सभापतिय प्रणालीमा जानुपर्ने र यो महासमिति बैठकले कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने वातावरण बनाउनेपर्नेमा जोड दिए । 

त्यस्तै, महासमिति सदस्य गोपाल विश्वकर्माले गठबन्धन गर्ने नगर्ने विषयमा केन्द्रीय समितिबाट अनुमोदन गराउन आग्रह गरे । उनले गौतमबुद्धको देशमा हिन्दुराज्य अभियान चलाउन मिल्छ भन्दै प्रश्न गरे । “गठबन्धन नगर्ने कुरा केन्द्रीय समितिबाट अनुमोदन गराउनुस् । गौतमबुद्ध जन्मेको देशमा हिन्दुराष्ट्र अभियान चलाउने कि नचलाउने केन्द्रीय समितिबाट निर्णय गराएर आउनुस्,” उनले भने । 

Global Ime bank

उनले पार्टीको चुनावी घोषणापत्र कार्यान्वयनमा सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए । स्याङ्जाका महासमिति सदस्य युवराज पाण्डेले समस्या पहिचान गरेर मात्र नछोड्न आग्रह गरे । उनले समस्या समाधानको उपाए खोज्न पनि नेतृत्वलाई आग्रह गरे । काठमाडौंकी महासमिति सदस्य गीता दवाडीले गठबन्धनका कारण कांग्रेसीले कांग्रेसकै उमेदवारलाई भोट हाल्न नपाएको भन्दै गुनासो गरिन् । 

मकवानपुरकी महासमिति सदस्य पवित्रा विकले समानुपातिक र प्रत्यक्षतर्फ एक–एक पटकमात्रै चुनाव लड्ने व्यवस्था मिलाउन आग्रह गरिन् । सिन्धुलीका महासमिति सदस्य गोविन्द पहाडीले गठबन्धनबारे छलफल नै गर्न नपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement