खेल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले सातौँ विकेट लिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ३४.२ ओभरको जेन ग्रिनलाई गुमाएको हो । ग्रिनलाई नेपालका ललितनारायण राजवंशीले बोल्ड गरे । जारी खेलमा ललितको यो पहिलो विकेट हो ।
जारी खेलको ३४.२ ओभर समाप्त हुँदा नामिबियाले सात विकेट गुमाएर १६८ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० १४:३८
प्रतिक्रिया दिनुहोस्