site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवानिकट सभापति भन्छन्– महाधिवेशन विधानअनुसार नभए साढे पाँच वर्षमा हुन्छ
SkywellSkywell

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरूले महाधिवेशन पाँच वर्ष ६ महिनाभित्र हुने बताएका छन् । महामन्त्री गगन थापाले राखेको ०८२ मा महाधिवेशन गर्ने र गठबन्धन नगर्ने प्रस्तावविरुद्ध रहेका सभापतिहरूले महाधिवेशनको भन्दा नेता परिचालनको चिन्ता लिनुपर्ने बताए ।

कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले महासमितिमा आएका प्रतिवेदनलाई उत्कृष्ट भनेर व्यंग्य गर्दै केही विषय हतारोमा आएको टिप्पणी गरे । केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारी र सदस्यको परिचालनबारे प्रतिवेदनहरू मौन देखिको उनको टिप्पणी छ । 

“महाधिवेशन कहिले गर्ने भन्ने कुरा आएको छ,” ०८२ को महाधिवेशन प्रस्तावमा भट्टले भने, “महाधिवेशन समयमा गर्ने, समयमा नसके विधानले व्यवस्था गरेबमोजिम गर्ने, नसके संविधानको धारा प्रयोग गरी पाँच वर्ष ६ महिना बढाउने ।” उनले अहिले कायम रहेका समितिलाई काम दिने विषयमा मौन रहेको प्रतिवेदनले महाधिवेशनको चिन्ता लिएको भन्दै असन्तुष्टि जनाए ।

KFC Island Ad
NIC Asia

“यत्रो केन्द्रीय समिति छ, हरेक महिना उनीहरूलाई कसरी प्रयोग गर्ने, कसरी गाउँ पुर्याउने ?,” भट्टले भने, “प्रदेश समितिलाई कसरी सक्रिय बनाउने त्यसतर्फ पार्टी ध्यान दिनु पर्दैन ?”

भट्टले गठबन्धन नगर्ने कुरा पनि अहिले नै गर्नु आवश्यक नरहेको भन्दै महामन्त्रीले भावनामा बगेर निर्णय गर्न नहुने बताए । “गठबन्धन नगर्ने कुरा पारित हुन सक्छ । तर अहिले फैसला गर्ने समय उपयुक्त हो ?,” भट्टको प्रश्न छ, “भावनामा बगेर निर्णय गरे पछुताउनु पर्ने परिस्थिति हुनसक्छ ।” उनले देउवाकै भाषामा गठबन्धन तत्कालीन आवश्यक्ता भएको बताए ।

“०८४ सम्म देशमा केؘ–के हुन्छ ? कम्युनिष्टहरू एक हुन्छौँ भनेका छन् । अनि के हुन्छ ?,” उनले भने, “कांग्रेस पार्टी भोलि कसरी सफल हुन्छ ?”

देउवा निकट मानिने ओखलढुंगाका सभापति तेजेन्द्र खनालले गठबन्धन तलमाथि हुन दिन नहुने भन्दै माओवादीलाई विच्क्याउनेगरी निर्णय पनि गर्न नहुने बताए । 

उनले जिल्लाको अधिकार हस्तक्षेप गर्ने काम भएको भन्दै जिल्ला समितिमा संस्थागत छलफलको वातावरण बनाइएको भनेर असन्तुष्टि जनाए ।

“एमालेलाई कमजोर पार्न सक्नुपर्छ । माओवादीलाई धेरै विच्काउनु हुँदैन,” खनालले भने, “गठबन्धन तलमाथि नबनोस् । गठबन्धन गर्न हुन्न भन्ने कुरा अहिले यहाँबाट गर्न हुँदैन ।” उनले धेरै कुरा जिल्लालाई बाइपास गरेको भन्दै  सभापतिले जिल्ला समितिमा संस्थागत छलफल गरेर आउनुपर्नेमा त्यसो नभएको बताए ।

“जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दुखेको हुन्छ,” खनालले भने, “नामकरणको विषयमा पनि स्पष्ट पारेर जानुपर्छ, कोसीमा सहज वातावरण बनाउनतर्फ लाग्न अनुरोध छ ।”

नेपाली कांग्रेसका पुराना महाधिवेशन प्रतिनिधि थलकुमार लिंगाले कांग्रेस सामु गम्भीर समस्या आइरहेको बताए । ठूलो पार्टीले परिपक्व निर्ण गर्नुपर्नेमा नेताहरू हिन्दुराज्यका नाममा हस्ताक्षर गर्दै हिँडेको उनले असन्तुष्टि जनाए ।

“जातको नाममा कोसी र धर्मको नाममा धरान झण्डै जल्यो,” लिंगाले भने, “राज्यको कुनै धर्म र जात हुन सक्दैन । यो ठूलो लोकतान्त्रिक पार्टीले हेक्का राख्नुपर्छ ।” 

उनले धर्म निरपेक्ष वा धार्मिक स्वतन्त्रता जे भने पनि स्वतन्त्र भएर मानेको भन्दै ०४८ सालमा हिन्दु भन्नेहरूले अहिले धेरै कुरा लेख्ने गरेको अनुभव सुनाए ।

“०४८ सालभन्दा अघि धर्म के भन्दा हिन्दु लेखिन्थ्यो । त्यसपछि किराँत हो भन्न थाले,” लिंगाले भने, “पहिला धर्मको विषयमा समस्या थिएन । आज धर्मको कुरा उठाएर खण्डित गर्ने काम भइरहेको छ । जातको नाममा बाँडिने अवस्थाको निराकरण बैठकले गर्नुपर्छ ।” 

उनले कांग्रेसमा योग्यता र क्षमताको कदर गर्ने पद्धति नभएको बताए । “योग्यता र क्षमताको मूल्यांकन छ पार्टीभित्र ?,” प्रश्न गर्दै उनले भने, “छ जस्तो मलाई लाग्दैन । पार्टी सैद्धान्तिक कम र प्राविधिक ज्यादा हुन खोजेको छ । महामन्त्रीको प्रतिवेदन सुन्दर र मिठास छ । तर, के कार्यान्वयन हुन्छ ?”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro