site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महासमिति बैठकमा पेस भएको प्रतिवेदनमाथि चार समूहमा प्रदेशगत छलफल हुने 
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि बुधबार छलफल हुनेछ । त्यसको लागि महासमिति प्रतिनिधिहरूलाई प्रदेशगत रूपमा विभिन्न समूहमा विभाजन गरिनेछ । 

गोदावरीको सनरालाइज सम्मेलन केन्द्रको विभिन्न हलमा प्रदेशगत रूपमा छलफल हुनेछ । गोदावरी हलमा कोसी र सुदूरपश्चिम प्रदेश, विशंखु नारायण हलमा मधेस र कर्णली, फुलचोकी हलमा वाग्मती र गण्डकी, केन्ज्योसोम हलमा लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूले प्रस्ताव माथि सुझाव दिन बैठकमा छलफल गर्नेछन् । 

केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन् । सोमबारबाट सुरु भएको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro